एपीएफ अस्पतालले बाजुरामा वृहत स्वास्थ्य शिविर गर्ने

काठमाडौं–नेपाल एपीएफ अस्पतालले बाजुरामा वृहत स्वास्थ्य शिविर गर्ने भएको छ। अस्पतालले यही चैत ११ देखि १३ गतेसम्म विशेषज्ञ चिकित्सकसमेतको सहभागितामा शिविर गर्न लागेको हो ।
शिविरमा डा प्रवीन नेपाल, डा आशीष थापा, डा सुमन लामिछाने, डा किरण विश्वकर्मा, डा श्रीराम केसी, डा रजनी कार्की, डा सुजिता श्रेष्ठलगायतको टोलीले सेवा दिने जनाइएको छ।