कोभिडविरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम

हेल्थपोस्ट नेपाल

हङकङ–कोभिड १९ विरुद्ध लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ। हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको हो। हङकङमा लगाइएका दुई प्रकारका खोपमा यो अनुसन्धान गरिएको थियो।

यहाँ लगाइएका सिनोभ्याक र अर्को एक खोपको तीन मात्रा लिएका नागरिकमा ९८ प्रतिशत प्रभावकारिता पाइएको हो। साथै यो खोप लगाएका नागरिकमा गरिएको सो अध्ययन अनुसार खोप नलगाएका नागरिकका तुलनामा खोप लगाएकामा मृत्यु दर ९८ प्रतिशत कम देखिएको पाइएको हो।

कोभिडका विरुद्धको तीन मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकमा सो अनुसन्धान गरिएको थियो।



Leave a Reply

Your email address will not be published.