यी हुन् बिपी क्यान्सर अस्पतालका लागि लिखितमा नाम निकाल्नेहरु (सूचीसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं–लोकसेवा आयोगले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि गत पुसमा सञ्चालन गरेको ११ औं तहका विभिन्न समूहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

जसअनुसार आन्तरिकतर्फको रेडियसन अंकोलोजी कन्सल्टेन्टमा प्रदीप न्यौपानेको नाम निस्किएको छ। आन्तरिकतर्फकै प्रशासन सहायकमा अशोकबाबु लम्साल अन्तर्वार्तामा छनोट भएका छन्।

यस्तै, नवौं तहको रजिस्ट्रार पदमा खुला तथा महिला कोटाका लागि भएको लिखित परीक्षामा इशा भण्डारी, किरण सुवेदी, निरा नेपाल, सम्झना फुयाल र सुधीर अधिकारी अन्तर्वार्ताका लागि छनोट भएका छन्।

नवौं तहकै मेडिकल चिकित्सक प्याथोलोजी समूहका लागि खुला, आदिवासी जनजाति, तथा मधेसी कोटाका लागि भएको लिखित परीक्षामा उमा भट्ट, एलिना बराल, प्रतिभा महर्जन, रन्जीता सिंह, सुमन राई र सुरजराज उप्रेतीको नाम निस्किएको छ।

नवौं तहको रजिस्ट्रार पदको सर्जिकल अंकोलोजी समूहका लागि १ जना माग भएकोमा अनुज देवकोटा, विजय नेउपाने र विधान कोइरालाको नाम निस्किएको छ। मेडिकल चिकित्सक इपिडिमियोलोजी समूहका लागि महिला कोटामा अस्मिता राणा र ममता क्षेत्री, रेडियो डाइग्नोसिस एण्ड इमेजिङ समूहका लागि खुला १ र आदिवासी जनजाति १ का लागि माग भएकोमा सुयोग्य वाग्लेको नाममात्र निस्किएको छ।

सर्जिकल अंकोलोजीमा १ खुला पदका लागि भएको लिखित परीक्षामा सहभागी एक जना बुद्धिनाथ अधिकारी सुधीनको नाम निस्किएको छ। नर्सिङ, क्लिनिकल कम्युनिटी समूहकाका लागि १ जना माग भएकोमा २३ जना लिखितमा सहभागी भएमा थिए। जसमा अनुराधा तिमिल्सिना, चन्द्रकला क्षेत्री र हिमालशोभा कटेलले नाम निकालेका छन्। मेडिकल एलाइड मेडिकल फिजिक्स समूहमा कन्चनसर्ग न्याइच्याई र सुरेश पौडेल, रोकथाम तथा नियन्त्रण समूहका लागि १ खुला तथा १ महिला कोटाका लागि किरण चौधरी, दीपक बेल्बासे, पार्वती ढुंगाना, लुना देवकोटा, सुम्निमा श्रेष्ठ र ज्ञानु न्यौपाने तथा व्यवस्थापन लेखाको १ महिलाा कोटामा राधा ढकाल र सपना सुवेदी लिखितमा उत्तीर्ण भएका छन्।

यस्तै, मेडिकल एलाइड हेल्थ मेडिकल ल्याब टेक्नोलोजी समूहका लागि २ खुला र १ दलित कोटाका लागि लिखित परीक्षामा सहभागी १११ मध्ये दीपा बास्तोला, वसन्तकुमार दास, विनोद विक, मनोज चौधरी, रचना नेपाली, रोशनराज मिश्र । सुचना अछामी उत्तीर्ण भएका छन्।

पाँचौ तहको मेडिकल एलाइड फार्मेसी समूहको १ पदका लागि ३० जना सहभागी भएकोमा अमनकुमार साह, मोहम्मद सहवान र सन्ध्या जयसवाल उत्तीर्ण भएका छ्न।

पाँचौ तहको नर्सिङ क्लिनिकल कम्युनिटी समूहका लागि खुलातर्फ १६, महिलाका लागि ५, आदिवासी जनजातिका लागि ३, दलितमा १ र पिछडिएको क्षेत्रका लागि १ जना माग भएको थियो। जसमा ५३० सहभागी भएकोमा ४२ जनाले नाम निकालेका छन्।

पाँचौतहको प्रशासनतर्फ खुलातर्फ २ र दलिततर्फ १ जना माग भएकोमा ७३ जना लिखितमा सहभागी भए। जसमा अशोकबाबु लम्साल, दयासागर बिक, लक्ष्मी अर्याल, विकास भट्टराई, सपना रानामगर, सपना सुवेदी र सुमन अधिकारीले नाम निकालेका छन्।

 



Leave a Reply

Your email address will not be published.