यी हुन् ११ औं तहको लिखित परीक्षामा नाम निकाल्ने डाक्टर (सूचीसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं–लोकसेवा आयोगले गत माघमा सञ्चालन गरेको स्वास्थ्य सेवाको विभिन्न समूह तथा उपसमूहको ११ औं तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। लिखित परीक्षामा केहीमा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् भने केहीमा दरखास्त नै परेनन्।

आयोगका अनुसार एघारौं तहको प्रमुख कन्सल्टेन्ट चेस्ट डिजिज (फिजिसियन) पदका लागि १ जना माग भएकोमा एक जनामात्र लिखित परीक्षामा सहभागी भए। तर उनी उत्तीर्ण भएनन्।

यस्तै, एघारौं तहको प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिस्टका लागि १ जना माग भएकोमा अन्तर्वार्ताका लागि भुपेन्द्रकुमार बस्नेत र सुरेश थापाको नाम निस्किएको छ।

सोही तहको प्रमुख कन्सल्टेन्ट अंकोलोजिस्ट, प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, प्रमुख कन्सल्टेन्ट अप्थलमोलोजिस्ट र प्रमुख कन्सल्टेन्ट इएनटी सर्जनमा कुनै पनि आवेदन परेनन् भने प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्टमा आवेदन दिनेमध्ये कुनै पनि उम्मेदवार उपस्थित भएनन्।

प्रमुख कन्सल्टेन्ट सर्जनमा १ जना माग भएकोमा ४ जना लिखित परीक्षामा सहभागी भए। जसमा इन्द्रकुमार झाले मात्र नाम निकालेका छन्। युरो सर्जरीमा अनिल श्रेष्ठ र प्रवोध रेग्मी, प्रमुख कन्सल्टेन्ट सर्जरीमा इन्द्रकुमार झा, टेकनारायण यादव र निराजन सुवेदी, प्रमुख कन्सल्टेन्ट न्युरो सर्जरीमा नरेन्द्र सालिके र विनोद राजभण्डारी तथा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनमा ऋषि बिस्ट र बद्री रिजालले नाम निकालेका छन्।

प्रमुख कन्सल्टेन्ट रेडियोलोजिस्टमा विकासराज थापा र मिलन सिलवाल, प्रमुख कन्सल्टेन्ट अप्थलमोलोजिस्टमा रोशनी अग्रवाल र शक्तिप्रसाद सुवेदी, प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्टमा पुजन बल्ल र रविन वैद्यको नाम निस्किएको छ। प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा १ जना माग भएकोमा ३ जनाले लिखित परीक्षा दिए, जसमा विश्ववन्धु बगालेको नाममात्र निस्किएको छ। यस्तै, प्याथोलोजिस्टमा १ जनाम माग भएकोमा लिखित परीक्षामा सहभागी हुने एकमात्र उम्मेदवार करिश्मा मल्ल वैद्यको नाम निस्किएको छ।

प्रमुख अस्पताल नर्सिङ प्रशासकमा २ जना माग भएकोमा लिखितमा सहभागी एकजनामा मात्र उम्मेदवार वन्दना थापाको नाम निस्किएको छ। डेन्टल सर्जनमा आशा थापा, प्रकाश बुढाथोकी र बन्दना खनाल आचार्यको नाम निस्किएको छ।



Leave a Reply

Your email address will not be published.