थप ४४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा ६ हजार ५ सय ९४ को नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

उक्त अवधिमा १ जनाको मृत्यु भएको छ भने ४ सय ८१ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ८८ छ भने ७३ हजार ६ सय ४२ जनाले खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.