जापानले हटायाे कोभिडविरुद्धका प्रतिबन्ध 

हेल्थपोस्ट नेपाल

टाेकियाे-जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिडविरुद्धका प्रतिबन्धलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ। जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो।

जापान सरकारले ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको हाे। प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन्। त्यहाँ गत जनवरी ८ देखि यस्ता प्रतिबन्ध लगाइएको थियो। आज मंगलबारदेखि प्रतिबन्धहरु हटाइएका हुन्।

यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा  सीमित संख्याका मानिसबीच होटल रेष्टुरेन्टहरु अनुमति दिइएको थियो । तर अहिले ती सबै प्रतिबन्ध हटाइएका छन्। यहाँ अब नागरिकहरु ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन्।

बाँकी प्रिफेक्चरहरुमा भने कोभिड १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ। आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरु हटाउन सकिने सरकारले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.