के उखुको रस मधुमेहका बिरामीले खान मिल्छ?

हेल्थपोस्ट नेपाल

काठमाडौं–गर्मी मौसममा उखुको रस बढी प्रयोग गरिन्छ। यसले गर्मीबाट राहत दिलाउनेमात्र नभई विभिन्न किसिमको रोगबाट पनि मुक्ति दिलाउन सहयोग गर्छ।

यसले कलेजो, रोग प्रतिरोधी प्रणाली र रक्तचापका बिरामीलाई फाइदा गर्छ। यसमा क्याल्सियम, पोटासियम, आइरन, म्याग्नेसियम र फस्फोरसजस्ता पोषक तत्व पाइन्छन्। यिनले हड्डी मजबूत पार्छन्।

प्राकृतिक रुपमा गुलियो उखु पौष्टिक हुनाको साथै स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ। तर गुलियो भएका कारण अक्सर मानिसहरु सोध्ने गर्छन्–के यो मधुमेहका बिरामीलााई उपयुक्त हुन्छ?

उखुको रसमा सुगरको मात्रा बढी पाइन्छ, जसबाट मधुमेहका बिरामीलाई यसले असर गर्न सक्छ। उखुको रसलाई रिफाइन नगरी सिधै निकालिने भएको हुनाले मधुमेहका बिरामी योबाट टाढै रहनु उचित हुन्छ।

उखुको रसमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ। एक कप अर्थात् २४० एमएल उखुको रसमा ५० ग्राम चिनी हुन्छ, जो १२ चम्चा बराबर हुन्छ। यसको रसमा कम ग्लाइसेमिक इन्डेक्स (जिआई) हुन्छ र अधिकमात्रामा ग्लाइसेमिक इन्डेक्स (जिएल) हुन्छ। यसको अर्थ हो–यसले मानिसको ब्लड सुुगर लेभललाई असर गर्छ।

यसका फाइदा
पाचन प्रणालीका लागि फाइदा
यसमा पोटासियमकोको अधिकमात्रा हुने भएकाले शरीरको पाचन प्रणालीलाई यसले फाइदा पु¥याउँछ र पेटमा संक्रमण हुनबाट बचाउँछ। यसका अलावा कब्जियतको समस्याबाट पनि टाढा राख्छ।

ऊर्जा दिन्छ
यसमा शुक्रोजको मात्रा बढी हुने भएकाले शरीरलाई ऊर्जा दिन मद्दत गर्छ। यसले थकान र सुस्तता हुन दिँदेन। शरीरमा ग्लुकोजलाई सामान्य बनाउँछ, जसबाट सुगर लेभललाई रिस्टोर गर्न मद्धत मिल्छ।

संक्रमण हुन दिँदैन
उखुको रस सेवन गर्दा युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन) हुन दिँदैन। खासगरी यदि पिसाब गर्ने समयमा चिडचिडाहट र जलन महसुस हुने समस्या छ भने यसबाट राहत पाइन्छ।

दाँत मजबूत बनाउँछ
उखुको रसमा क्याल्सियम र फस्फोरसजस्ता खनिज पाइन्छ, जसले दाँतको इनामेललाइ मजबूत बनाउँछ। साथै इनामेल ड्यामेज हुनबाट बचाउँछ। उखुको रसमा बढी मात्रामा पोषक तत्व हुने भएकाले श्वासको गन्ध पनि रोक्छ।



Leave a Reply

Your email address will not be published.