नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा १६ संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कसैको पनि मृत्यु भएको छैन भने १ सय ४७ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा ३ हजार १ सय ३५ जना सक्रिय संक्रमित छन्। २४ घण्टामा ५९ हजार ३ सय ७८जनाले खोप लगाएका छन्।

काठमाडौं उपत्यकामा काठमाडौंमा मात्र १६ जनामा संक्रमण देखिएको छ। ललितपुर र भक्तपुरमा संक्रमण देखिएको छैन।



Leave a Reply

Your email address will not be published.