कान्तिमा पेडियाट्रिक पल्मोनोलोजीको ओपिडी सुरु

हेल्थपोस्ट नेपाल

काठमाडौं–कान्ति बाल अस्पतालले बच्चाहरुका लागि छातीरोगसम्वन्धी उपचार (पेडियाट्रिक पल्मोनोलोजी) को ओपिडी सुरु गरेको छ। डा जगतजीवन घिमिरे नेतृत्वको टोलीले यो सेवा सुरु गरेको हो ।

कान्तिमा यसअघि दम क्लिनिकमात्र सञ्चालन थियो। पेडियाट्रिक पल्मोनोलोजी ओपीडी सञ्चालनपछि छातीसम्बन्धी थुप्रै समस्याको निदान तथा उपचार हुने अस्पतालले जनाएको छ। यस्तै, ब्रोन्कोस्कोपिक सेवा पनि छिटै सुरु गर्ने डा घिमिरे जनाएका छन्। अहिले चलिरहेको पीआईसीयूमा समेत थप उपकरण राखेर अझ व्यवस्थित गर्न लागेको समेत घिमिरले बताए।

हप्तामा दुई दिन सोमबार र बिहीबार सन्चालन हुने यो ओपिडीमा बच्चामा हुने दम, निमोनिया, सास फेर्न गाह्रो हुने, निद्राको समस्या, निद्रामा घुर्ने लगायतका छातीरोगसम्वन्धी सबै उपचार हुने जनाइएको छ।



Leave a Reply

Your email address will not be published.