भारतमा कोरोनाका दैनिक संक्रमितकाे संख्या १५४९

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली-भारतमा कोरोनाबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा २ हजार भन्दा कम सङ्क्रमित भएकाे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

गत २४ घण्टामा तीन लाख ८४ हजार ४९९ को कोरोना परीक्षण गरिएकोमा एक हजार ५४९ मा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ। शनिबार एक हजार ७६१ मा यो सङ्क्रमण देखिएको थियो ।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २५ हजार १०६ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितको ०.०६ प्रतिशत रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३१ जनाको मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ५१० को मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ६५२ कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६७ हजार ७७४ पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८३ करोड ५२ लाख २५ हजार ६० डोज खोप लगाइएको छ ।



Leave a Reply

Your email address will not be published.