एम्बुलेन्स एकद्वार प्रणालीबाट सञ्चालन गर्न राष्ट्रिय प्रेषण केन्द्र स्थापना, स्वास्थ्यले माग्यो कर्मचारी

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी गरी देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट परिचालन र समन्वय गर्न राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरेको छ। केन्द्र स्थापनाका लागि ग्लोबल फण्डले सन् २०२३ डिसेम्बरसम्मका लागि वित्तिय सहयोग गरेको छ।
उक्त केन्द्र सन्चालनका लागि मन्त्रालयले ३ हेल्थ असिस्टेन्ट र ३ स्टाफ नर्स मागेको छ।
योग्यता पुगेका नेपाली नागरिकले चेकलिस्टअनुसार सम्पूर्ण कागजातसहित मन्त्रालयको स्वास्थ्य तथा आपतकालीन कार्यसन्चालन केन्द्रको अनलाइन दरखास्तको लिंकमा गएर ७ दिनभित्र निवेदन दिन मन्त्रालयले आव्हान गरेको छ।

