४ हजारको नमुना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६१ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।]

उक्त अवधिमा कोरोनाका कारण कुनै पनि व्यक्तिको मृत्यु भएको छैन भने ३८२ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा ३ हजार २ सय ४१ जना सक्रिय संक्रमित छन्। २४ घण्टामा २२ हजार ६ सय ८७ जनाको कोरोनाविरुद्धको खोप लिएका छन्।



Leave a Reply

Your email address will not be published.