यी ३ अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थल र सीमानाकामा गराउनुपर्छ कोभिड परीक्षण

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा ३ अवस्थामा कोभिड परीक्षण गराउनुपर्ने जनाएको छ।

मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट नभएका यात्री तथा पूर्ण खोप प्राप्न गरेको वा ७२ घण्टाभित्रको कोभिडको परीक्षणको रिपोर्ट नेगेटिभ भए पनि कोभिडको संक्रमणको लक्षण भएकाहरुले कोभिड परीक्षण गराउनुपर्ने जनाएको छ।

यस्तै, पूर्ण खोप प्राप्त नगरेका ५वर्षमाथिका बालबालिका वा ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट नभएका वा दुवैमध्ये कुनै एउटा भए पनि कोभिडसँग मिल्दाजुल्दा लक्षण र चिन्ह भएकाहरुले विमानस्थल तथा सीमानाकामा रहेका हेल्थ डेस्कमा कोभिड परीक्षण गराउनुपर्ने जनाएको छ।

सीमानाकामा खटिएका अधिकारप्राप्त चिकित्सक, स्वास्थ्यकर्मीले रोग निगरानीका क्रममा आवश्यक ठानेको अवस्थामा, कोभिड तथा अन्य संक्रामक रोगहरुको स्क्रीनिङका लागि यात्रुको कोभिड परीक्षणलगायत अन्य संक्रामक रोगकोसमेत परीक्षण गर्न सक्ने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएका छन्।



Leave a Reply

Your email address will not be published.