अमेरिकाले ११० मुलुकमा वितरण गर्‍यो ५० करोड डोज कोरोना खोप

हेल्थपोस्ट नेपाल

काठमाडौं–अमेरिकाले विश्वका ११० मुलुकमा ५० करोड डोज कोभिड खोप वितरण गरेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त जानकारी दिएको हो। ती खोपलाई एकै ठाउँमा थुपार्ने हो भने सर्वोच्च शिखर सगरमाथाभन्दा ३ गुणा अग्लो टावर बन्नेछ भने तिनलाईइ लाइन लगाएर राख्ने हो भने दोहादेखि काठमाडौंसम्म पुग्नेछ अर्थात् लाइन ३५०० किलोमिटर लामो हुनेछ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार महामारी सुरु भएयता अमेरिकाले १२० भन्दा बढी मुलुकमा स्वास्थ्य, मानवीय, आर्थिक तथा विकासका लागि २ खर्ब डलरभन्दा बढी सहयोग गरिसकेको छ। अफ्रिका र एसियामा कोभिड खोप उत्पादन विस्तारमा पनि लगानी तथा सहयोग गरेको विदेशमन्त्रालयको भनाइ छ।

अहिले विश्वभरिका सरकार, अन्तर्राष्ट्रिय संस्था, खोप उत्पादक, गैरसरकारी संस्था तथा निजी क्षेत्रलाई खोप वितरण, प्रयोग, परीक्षण र उपचारका लागि निरन्तररुपमा सहकार्य गरिरहेको अमेरिकाले जनाएको छ। हालै घोषणा गरिएको ‘कोभिड १९ ग्लोबल एक्सन प्लान’ ले यही अन्तर्राष्ट्रिय सहयोगका लागि स्पष्ट मार्गनिर्देशन गर्ने जनाइएको छ।

अमेरिकी सरकारकै सहयोगमा पाराग्वेले २० लाख फाइजर खोप वितरण तीव्र रुपमा सन्चालन गर्‍यो। त्यहाँको सरकारले अमेरिकी मोडलमै आम खोप केन्द्र स्थापना गरी एक सातामै ५ लाख खोप वितरण गर्‍यो। जाम्बियामा एड्स मुक्तिका लागि राष्ट्रपति आपतकालीन योजनाले अमेरिकी उद्धार योजना ऐन कोषको २० लाख डोज खोप ५ सय स्वास्थ्य केन्द्रमार्फत् वितरण गर्‍यो।

 



Leave a Reply

Your email address will not be published.