थप १७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडाैं-गत चौविस घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ५ सय ४३ नमुना परीक्षण गर्दा १७ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। अहिले सक्रिय संक्रमित ३५९५ जना छन्। यो अवधिमा ८ हजार ७२९ जनाले कोरोनाविरूद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.