पर्सामा निजी क्षेत्रको सहयोगमा अस्पताल स्तरोन्नति

हेल्थपोस्ट नेपाल

पर्सा-पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष निर्माण गरिएको छ। वीरगञ्ज उद्योग वाणिज्य सङ्घको करिब रु ३५ लाखको सहयोगमा ती कक्ष निर्माण गरिएको हो। निजी क्षेत्रको पनि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अस्पतालमा शल्य चिकित्सा कक्ष र सघन चिकित्सा कक्ष निर्माण गरी सहयोग गरिएको सङ्घका अध्यक्ष सुबोध गुप्ताले जानकारी दिए।

हाल सञ्चालन ल्याइएका ती कक्षबाट बिरामीको उपचारमा थप सघाउ पुग्ने नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले जानकारी दिए।  उक्त अस्पतालले यस अगावै फार्मेसी, गर्भवती जाँच, भिडियो एक्स–रे, डिजिटल एक्स–रे, ओपिडी सेवा, नेबुलाइजर र २४सै घण्टा आकस्मिक सेवा, एम्बुलेन्सलगायत सेवा प्रवाह गर्दै आएको थियो । अस्पतालमा दैनिक करिब एक सय बिरामी उपचारका लागि आउने गर्छन्।



Leave a Reply

Your email address will not be published.