५९१४ को नमुना परीक्षण गर्दा ५१ मा संक्रमण पुष्टि

काठमाडौं–नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय १४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ३ सय ९२ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ९६ छ। यो अवधिमा २९ हजार ३ सय ९० जनाले खोप लगाएका छन्।