लोकसेवाद्वारा स्वास्थ्य सेवाका विभिन्न पदहरुको लिखित नतिजा प्रकाशित (सूचीसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं–लोकसेवा आयोगले गत पुसमा सञ्चालन गरेको स्वास्थ्य सेवाअन्तर्गत खुलातर्फ विभिन्न समूहका विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

आयोगल प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक, प्रमुख कन्सल्टेन्ट रेडियोलोजिस्ट, प्रमुख कन्सल्टेन्ट अप्थलमोलोजिस्टलगायतका पदमा लिखित परीक्षा सञ्चालन गरेको नतिजा प्रकाशित गरेको हो ।

तीमध्ये ११ औं तहको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिकका लागि १ जना माग भएकोमा ऋषि बिस्ट र बद्रि रिजाल लिखित परीक्षामा सफल भएका छन्। यस्तै, प्रमुख कन्सल्टेन्ट रेडियोलोजिस्टमा १ जना माग भएकोमा विकासराज थापा, मिलन सिलवाल र विष्णु खतिवडा सफल भएका छन्। प्रमुख कन्सल्टेन्ट अप्थलमोलोजिस्टका लागि १ जना माग भएकोमा रोशनी अग्रवाल, शक्तिप्रसाद सुवेदी र सीमान्त खड्काले नाम निकालेका छन्।

अन्तर्वार्ताको मिति प्रमुख कन्सल्टेन्ट अप्थलमोलोजिस्टका लागि चैत २५ गते बिहान ११ बजे, प्रमुख कन्सल्टेन्ट अर्थोपेडिकका लागि चैत २३ गते दिउँसो साढे १ बजे र प्रमुख कन्सल्टेन्ट रेडियोलोजिस्टका लागि चैत २४ गते बिहान ११ बजे तोकिएको छ। अन्तर्वार्ता लोकसेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा हुनेछ।

 



Leave a Reply

Your email address will not be published.