गजेन्द्र स्मृति अस्पताललाई चाहियो डाक्टर, नर्स, प्राविधिक र प्रशासनिक गरी १४२ कर्मचारी

काठमाडौं–गजेन्द्रनारायण सिंह स्मृति प्रतिस्ष्ठान गजेन्द्र स्मृति अस्पतालले डाक्टर, नर्स, प्राविधिक तथा प्रशासनिक गरी १४२ कर्मचारी माग गरेको छ।
अस्पतालले चैत ४ गते विभिन्न पदमा दरखास्त आव्हान गरेको हो। आवेदन दिने अन्तिम मिति प्रथम पटक प्रकाशित मितिले १५ दिनभित्र तोकिएको छ। उमेर हद १८ वर्ष पुगी ४५ वर्ष ननाघेको उल्लेख गरिएको छ।
अस्पतालले स्टाफ नर्स २८ जना, मेडिकल अफिसर १२ जना, अनमी १० जनासहित कार्डियोलोजिस्ट ३ जना, न्युरोलोजिस्ट ३, फिजिसियन ३, नेफ्रोलोजिस्ट १ जनासहित पदका लागि आवेदन आव्हान गरेको हो।