काठमाडौं उपत्यका : ९ संक्रमित थपिए, सक्रिय संक्रमित अझै ८१२ जना

काठमाडौं उपत्यकामा जम्मा ९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४घण्टामा ९ जनामा मात्र संक्रमण पुष्टि भएको हो।
यो अवधिमा ललितपुर र भक्तपुरमा भने संक्रमण सुन्य रहेको छ। मोरङमा ५ तथा इलाम, झापा, धनकुटा, सुनसरी, कास्की, रुपन्देही, सल्यान र कैलालीमा १-१ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा हाल सक्रिय संक्रमित ८१२ जना छन्।