२७ संक्रमित थपिए, शून्य मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालमा २७ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

यस्तै उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। २४ घण्टामा २२० जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४३७६ छ।



Leave a Reply

Your email address will not be published.