स्टाफ नर्सको लोकसेवा परीक्षाः यस्तो छ पाठ्यक्रम

हेल्थपोस्ट नेपाल

काठमाडौं–लोकसेवा आयोगले चैत २ गतेको प्रथम मितिमा नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूहको स्टाफ नर्स पदमा आवेदन आव्हान गरेको छ। सो विज्ञापनअनुसार ३ सय स्टाफनर्सका लागि चैत २२ गतेसम्म आवेदन दिने मिति तोकिएको छ।

स्टाफ नर्सको लिखित परीक्षाको पाठ्यक्रममा प्रथम र द्वितिय पत्र हुनेछ। १०० नम्बरको पहिलो पत्रमा सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण हुनेछ भने सेवासम्बन्धित कार्यज्ञान पनि सोधिनेछ। पहिलोपत्र वस्तुगत हुनेछ। यस्तै १०० नम्बरकै द्वितिय पत्रमा सेवासम्बन्धित कार्य ज्ञानका विषयगत प्रश्न सोधिनेछन्।

पहिलोपत्रको समय ४५ मिनेटको हुनेछ भने दोस्रो पत्रको समय २ घण्टा १५ मिनेटको हुनेछ। दुवैको उत्तीर्णांक ४० नम्बरको रहनेछ।

 



Leave a Reply

Your email address will not be published.