७८८४ जनाको नमुना परीक्षण हुँदा ८३ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार ७ हजार ८ सय ८४ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १ सय ३० जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल ४ हजार ७ सय ४६ जना सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.