स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखमाथि आक्रमणको विरोध

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा कार्यरत कर्मचारीमाथि कुटपिट भएको भन्दै जिल्लास्थित कर्मचारीहरुका पेशागत संघ÷संगठनहरुले विरोध जनाएका छन्।

जाजरकोटबासी आम नागरिकको स्वास्थ्यजस्तो सवेदनशील सेवामा खटिरहेको अवस्थामा फागुन ३० गते स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई सामाजिक प्रतिष्ठामा आँच आउने गरि विभिन्न आरोप लगाइ युवा संघ नेपालले आक्रमण गरेको उनीहरुको भनाइ छ।

घटनाको विरोध गर्दै जिल्लास्थित नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामति कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल , नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, सरकारी तथा संस्थान सवारी चालक एशोसियशनले संयुक्त विज्ञप्ति जारी गरि भर्त्सना गरेका छन्।

प्रमुखको कमीकजोरी भए पनि कानुनी प्रक्रियामार्फत् जानुपर्ने ठाँउमा भौतिक आक्रमण गर्नु अराजक कार्य भएको उनीहरुको आरोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.