ड्युटी सकेर सुतेका डाक्टरको हृदयघातबाट मृत्यु

काठमाडौं–नवलपरासीको चिसापानी अस्पतालका चिकित्सक डा दीपेन्द्रप्रताप सिंहको हृदयघातका कारण निधन भएको छ।
शनिबारको नाइट ड्युटी सकेर सुतेका उनी अबेरसम्म नउठेपछि ढोका फोडेर हेर्दा मृत फेला परेका थिए। पोस्टमार्टम रिपोर्टमा उनलाई हृदयघात भएको देखिएको अस्पताल प्रशासनले जनाएको छ।
परासी घर भएका सिंह एक वर्षदेखि अस्पतालमा कार्यरत थिए।