लोकसेवाले माग्यो ३ सय स्टाफ नर्स, दरखास्त दिने अन्तिम मिति चैत २२

काठमाडौं–लोकसेवा आयोगले ३ सय स्टाफ नर्स पदपूर्तिका लागि विशेष विज्ञापन प्रकाशित गरेको छ। आयोगले चैत २ गतेको प्रथम मितिमा नेपाल स्वास्थ्य सेवा जनरल नर्सिङ समूह पाँचौ तह स्टाफ नर्सका लागि पदपूर्ति आव्हान गरेको हो।
मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिन आयोगले आव्हान गरेको छ।
जसअनुसार खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी जनजातितर्फ ३६, मधेशीतर्फ २९, दलिततर्फ १३, अपागमा ७ र पिछडिएको क्षेत्रमा ५ पदका लागि आवेदन आव्हान गरिएको छ। आवेदन दिने अन्तिम मिति चैत २२ गते र दोब्बर दस्तुर तिरी चैत २९ गतेसम्म आवेदन दिनुपर्नेछ।