८३ जनामा संक्रमण पुष्टि, मृत्यु शून्य

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ७ हजार ८८४ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा १३० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।
हाल नेपालमा संक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको मन्त्रालयले जनाएको छ। यो अवधिमा १ लाख ३५ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्।