नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले निकाले विशिष्ट श्रेणीको नतिजा

हेल्थपोस्ट नेपाल

काठमाडौं–नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजुकेसनअन्तर्गत सञ्चालित बिएस्सी नर्सिङको २०१७ को ब्याचले उत्कृष्ट सफलता हासिल गरेको छ।
नवौं ब्याचको रुपमा ३० विद्यार्थीले राम्रो नतिजासहित बिएस्सी नर्सिङको कोर्स पूरा गरेका हुन्।

विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कोर्स पढ्न पाउँछन् ।

नवौं ब्याचका ३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी ३ जनाले पहिलो श्रेणीको अंकसहित सफलता हात पारेका हुन्। यो ब्याचमा समावेश कुल विद्यार्थीमध्ये ९० प्रतिशत विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजुकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द(केएन) शर्माले बताए।

‘कोभिड महामारीको चुनौतीका बाबजुद पनि हाम्रा विद्यार्थीहरुले गरेको मिहिनेताको नतिजा उत्साहपूर्ण आउँदा हामी खुसी छौं,’ उनले भने, ‘कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीमा कोर्स उत्तीर्ण गरेर रेकर्ड बनाएका छन् ।’

नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजुकेसनमा लामो समयदेखि बिएस्सी नर्सिङ, बिएन नर्सिङ र पिसीएल नर्सिङका कोर्स संचालन हुँदै आएका छन्। बिएस्सी नर्सिङ र बिएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यताप्राप्त हुन् भने प्रवीणता प्रमाणपत्र तह(पीसीएल) नर्सिङचाहिँ सिटीइभिटीबाट मान्यताप्राप्त कोर्स हो ।

 



Leave a Reply

Your email address will not be published.