चिकित्सा शिक्षा: स्नातकोत्तर तहको खुलातर्फका सिटमा म्याचिङ उम्मेदवारहरुको पूर्वमनोनयन सूची प्रकाशित [सूचीसहित]
![चिकित्सा शिक्षा: स्नातकोत्तर तहको खुलातर्फका सिटमा म्याचिङ उम्मेदवारहरुको पूर्वमनोनयन सूची प्रकाशित [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2021/02/chikitsa-sikshya-ayog2019-08-16-06-25-06.jpeg)
काठमाडौं–चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको खुलातर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको पूर्वमनोनयन सूची प्रकाशित गरेको छ।
आयोगद्वारा फागुन ११ गते प्रकाशित प्राथमिकता निर्धारण गर्ने सूचनाअनुसार स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका उम्मेदवारहरुले खुलातर्फका सिटहरुमा भर्नाको प्रक्रियाका लागि आयोगको वेबपोर्टलमार्फत् शिक्षणसंस्था वा शिक्षणसंस्था र शैक्षिक कार्यक्रम छनोट गरी प्राथमिकता निर्धारण गरेअनुसार पूर्वमनोनयनको सूची प्रकाशित गरेको हो।
यो सूचीमा परेका उम्मेदवारहरुले पालना गर्नुपर्ने निर्देशन र शर्त पनि आयोगले उल्लेख गरेको छ।