आइओएमको सहायक डिनमा डा ज्ञवाली नियुक्त, विद्यार्थीहरुको विरोध

काठमाडौं–त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को सहायक डिनमा डा प्रेमराज ज्ञवाली नियुक्त भएका छन्। त्रिवि कार्यकारी परिषदले आज चैत १ गतेदेखि लागू हुने गरी डा ज्ञवालीलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्रिवि कार्यकारी बैठकले त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५१ को नियम १८२ (२) र (३) बमोजिम डा ज्ञवालीलाई नियुक्त गरेको जनाइएको छ।
तर, एकलौटी ढंगले सहायक डिन नियुक्त गरिएको भन्दै नेविसंघ महाराजगन्ज चिकित्सा क्याम्पस इकाईले डिन डा दिव्यासिंह शाह र त्रिवि उपकुलपति डा धर्मकान्त बास्कोटाको राजीनामा माग गरेको छ।