नेपालमा थपिए ५८ संक्रमित, १४८ डिस्चार्ज

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा २४ घण्टामा ५८ संक्रमित थपिएका छन्। ५ हजार ४ सय १८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने १ सय ४८ जना डिस्चार्ज भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १९ रहेको छ।

नेपालमा हालसम्म ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन्।



Leave a Reply

Your email address will not be published.