अमेरिकी पूर्वराष्ट्रपति ओबामालाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं–अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामालाई कोरोना संक्रमण भएको छ। ओबामाले आइतबार गरिएको स्वास्थ्य परीक्षणमा आफू कोभिड संक्रमित देखिएको तर पत्नी मिसेल ओबामालाई भने संक्रमण नदेखिएको ट्वीटरमार्फत् जनाएका हुन्।

ओबामाको घाटीमा सामान्य सङ्क्रमण देखिए पनि अन्य स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ।

विश्वका नेताहरुले ओबामाको स्वास्थ्यलाभको कामना गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार ओबामाको स्वास्थ्यलाभको कामना गरेका छन।



Leave a Reply

Your email address will not be published.