के सुँगुरले बचाउला मानव जीवन?

अंग प्रत्यारोपणको क्षेत्रमा लगातार नयाँ–नयाँ प्रयोग भइरहेका छन्। यो आजकाल असीमित बनेको छ।

केही समयअघि जेनेटिक इन्जिनियरिङबाट तयार पारिएका सुँगुरबाट निकालिएको मुटु मानिसको शरीरमा प्रत्यारोपित गरियो। तर, प्रत्यारोपण गरिएका मानिस दुई महिनामात्र बाँच्न सफल भए।

विश्वभर नै प्रत्यारोपणका लागि अंगको कमी छ। यस्तोमा यस्ता अंगहरुको असीमित आपूर्तिका लागि सुँगुरको प्रयोगको नजिक हामी कति छौं?

यो एउटा एक यस्तो अपरेशन थियटरको कथा हो, जहाँ प्रत्यारोपण अपरेशन हुँदैछ।।

अपरेशन थिएटरमा शान्ति छ।

सर्जनहरुले भर्खरै एक सुँगुरको मिर्गौलालाई एक मानव शरीरमा जोडेका छन्। अब मानव शरीरको रगत सुँगुरको अंगतर्फ प्रवाहित भइरहेको छ।

अपरेशन थिएटरमा यस्तो शान्ति छ कि, अंग प्रत्यारोपण गर्ने सर्जन डा जेमी लक भन्छन्, ‘तपाईं यस्तोमा सुई झरेको आवाज पनि सुन्न सक्नुहुनेछ।’

र, अबको केही पलमै यो अपरेशन सफल या असफल तय हुनेछ। सबैको दिमागमा एउटैमात्र प्रश्न घुमिरहेको छ–यो अंग अब गुलाबी होला या कालो?

हाइपरएक्युट रिजेक्सनको के भूमिका हुन्छ?
मानव शरीरले बाहिरी अंगलाई अस्वीकार गर्‍यो भने सुँगुरको अंगको हरेक कोशिकामा प्वाल पर्नेछ। साथै सुँगुरको अंगको भित्रीदेखि बाहिरी तहसम्म रगत जम्नेछ। त्यसपछि पहिले निलो र केही मिनेटमै कालो हुनेछ।

यदि हाइपरएक्युट रिजेक्सनबाट बचे यो प्रत्यारोपित अंग रगत र अक्सिजनबाट गुलाबी हुनेछ।

हाइपरएक्युट रिजेक्सन प्रत्यारोपणको केही मिनेटपछि सुरु हुनेछ। एन्टीजेन पूर्ण रुपले नमिले यो प्रक्रिया सुरु हुन्छ।

अंग प्रत्यारोपण अपरेशनपछि अमेरिकाको अलाबामा विश्वविद्यालयका डा लोकले भने, ‘प्रत्यारोपित अंग गुलाबी भयो र यो अहिले निकै राम्रो देखिइरहेको छ। अब राहतको महसुस भयो। अपरेशन थिएटरमै खुसी र आशाको माहोल एकसाथ देखियो।’

यो अपरेशन चिकित्सा जगतमा सफलताको एक श्रृंखला हो। यसबाट जेनोट्रान्सप्लान्टेशनको क्षेत्रमा फेरि चासो पैदा गर्‍यो।

पूरानो आइडिया
मानव शरीरमा जनावरको अंगको प्रयोग पूरानो आइडियो हो। यस क्रममा चिपान्जीको अण्डकोषको प्रत्यारोपणदेखि बाँदरका अन्य प्रजातिको मुटु र मिर्गौला निकालेर प्रयोग गरिसकिएको छ। यद्यपि यसको परिणाम सुखद रहेन ।

समस्या के रह्यो भने–मानव शरीरको प्रतिरोधी प्रणालीले प्रत्यारोपित अंगलाई एक संक्रमणको रुपमा लिन्छ र त्यसमाथि आक्रमण गर्छ।

अहिले प्रत्यारोपणका लागि सबैको ध्यान सुँगुरमा छ। किनभने सुँगुरको अंगको आकार मानव शरीरको अंगजत्रै हुन्छ।

तर प्रत्यारोपणमा सबैभन्दा ठूलो चुनौती हाइपरएक्युट रिजेक्सन बनेको छ।

कसरी गरिन्छ सुँगुरको अंग प्रत्यारोपण?
‘सिधै सुँगुरको फार्ममा जाने र त्यहाँबाट सुँगुर ल्याएर त्यसको अंगलाई मानव शरीरमा प्रत्यारोपण गर्ने,’

यस्तोचाहिँ होइन।

हो के भने–अंग प्रत्यारोपणका लागि जेनेटिक इन्जिनियरिङको विकासका कैयौं चरणबाट गुज्रनुपर्छ, ताकि सुँगुरको डिएनए परिवर्तन गर्न सकियोस्। यो परिवर्तनबाट सुँगुरको अंग मानव शरीरको प्रतिरोधी प्रणालीमा सहकार्य गर्न सक्छ।

केही समयअघि प्रत्यारोपित गरिएको सुँगुरको मिर्गौला र मुटु विशेष किसिमबाट तयार ‘१० जीन सुँगुर’ बाट लिइएको थियो।

अर्को एक महत्वपूर्ण परिवर्तनलाई ‘अल्फा गल’ भनिन्छ। यो सुँगुरको कोशिकाको सतहमा टाँसिन्छ र एउटा ठूलो चम्कने नियोन संकेतजस्तै गरी काम गर्छ।

मानिसको प्रतिरक्षा प्रणालीको एउटा इकाई अल्फा गलको पखाईमा रहने शरीरको निगरानी गर्छ। यहीकारण प्रत्यारोपण भएपछि केही क्षणपछि नै शरीरले अस्वीकार गर्छ र निस्क्रिय तुल्याइदिन्छ।

यो प्रयोगका क्रममा दुई अन्य ‘नियोन संकेत’ जेनेटिक हिसाबले हटाइएको यिो। यसको बदलामा ६ वटा मानव संकेत जोडिएको थियो। यसले सुँगुरको कोशिकामाथि एक नक्कली आवरणको काम गरेको थियो। यसरी यो अंगलाई शरीरको प्रतिरोधी प्रणालीबाट लुकाउन सहयोग मिलेको थियो।

मिर्गौला र मुटु
सेप्टेम्बर २०२१ मा सुँगुरका दुई मिर्गौला ब्रेन डेड जिम पार्सन्सको शरीरमा प्रत्यारोपण गरिएको थियो। उनी अंगदान गर्न चाहन्थे। ब्रेन डेड अवस्थामा उनको परिवारको स्वीकृतिमा उनको मिर्गौलाको स्थानमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरियो।

डा लकका अनुसार त्यो बेला प्रत्यारोपित मिर्गौलामध्ये एउटाले पिसाब बनाउन सुरु गर्‍यो। यो महत्वपूर्ण सफलता थियो। यसबाट जेनोट्रान्सप्लान्टेसनले वास्तवमा मानिसको जीवन बचाउन सक्छ भन्ने विश्वास जाग्यो। डा लकले यो वर्ष यसको क्लिनिकल परीक्षण गर्ने आशा गरेका छन्।

यो अपरेशन तीन दिनको लामो प्रयोग थियो। तर यहीबीच मेरिल्याण्ड मेडिकल सेन्टर युनिभर्सिटीका सर्जन त्यसभन्दा अगाडि बढेर प्रयोग गर्न तयार थिए।

५७ वर्षका उनका बिरामी डेभिड बेनेटलाई ठूलो हृदयघात भयो। उनलाई एक्मो मेसिशनमार्फत बचाइएको थियो। यसबाट उनको मिर्गौला र कलेजो पनि जीवित थिए।

बेनेटले सुँगुरको मुटुलाई अँध्यारोमा हानिएको निशाना भनी टिप्पणी गरेका थिए।

अपरेशनका क्रममा ७ जनवरीमा सुँगुरको मुटु अस्पताल लगियो र त्यसलाई बेनेटमा प्रत्यारोपण गरियो। अपरेशन निकै चुनौतीपूर्ण थियो। उनको रक्त धमनीलाई सुँगुरको सानो मुटुमा जोड्नु चुनौतीपूर्ण थियो।

अपरेशनका दौरान चिकित्सकहरु प्रत्यारोपण मुटु तत्काल अस्वीकार हुने आशंका गरिरहेका थिए। तर यो धड्कीरह्यो र अन्ततः गुलाबी रंगमा परिणत भयो। अस्पतालको कार्डियाक जेनोट्रान्प्लान्टेशन विभागका निर्देशक डा मोहम्मद मोहिउद्दीनले त आफ्नो जीवनमा यस्तो सफलता देख्ने आशा नगरेको बताएका थिए।

मैले यो अपरेशनको एक महिना पूरा हुँदा उनीसँग कुरा गरेँ। उनले भने–शरीरको तर्फबाट प्रत्यारोपित अंगलाई अस्वीकार गर्ने कुनै संकेत देखिएको छैन। तर बेनेट अझै पनि कमजोर देखिएका छन्।

उनले भने, ‘हामीले १९६० को एक कारमा फरारीको नयाँ इन्जिन हालेको छौं। इन्जिनले राम्रोसँग काम गरेको छ। तर बाँकी बडी अझै यसमा एडजस्ट गर्न बाँँकी छ।

तर, प्रत्यारोपणको दुई महिनापछि बेनेटको मृत्यु भयो। जेनोट्रान्स्प्लान्टेशनको असर र कारणका बारेमा अझै पनि अनिश्चितता बन्यो।
बेनेट अपरेशनअघि पनि निकै कमजोर थिए र सम्भवतः नयाँ मुटु पनि उनका लागि पर्याप्त थिएन।

यो अपरेशनमा प्रत्यारोपित अंगलाई शरीरले अस्वीकार गर्ने कुनै संकेत थिएन।

यसमा मानव शरीर र सुँगुरको शरीरको संरचनाको तर्क पनि गर्न सकिन्छ। हाम्रो शरीरले गुरुत्वाकर्षणकाे सामना गर्न सुँगुरको तुलनामा निकै परिश्रम गर्नुपर्छ। किनभने मानिस दुई खुट्टाले हिँड्नुपर्छ। जबकि सुँगुरको चार खुट्टा हुन्छ।

नटिङघम विश्वविद्यालयका स्टेम सेल बायोलोजी विभागका प्राध्यापक क्रिस डेनिङका अनुसार हाइपरएक्युट रिजेक्सनबाट पार पाउनुको अर्थ मुटु प्रत्यारोपणको सफलता मानिन्छ।

उनले भने, ‘यदि बिरामीको कमजोरी थियो भने त्यो अलग्गै कुरा हो, तर जेनोट्रान्स्प्लान्टेशन भविष्यमा सफल हुनसक्छ। तर शरीर रचनाको विषय हो भने यो सम्भाविता शो स्टपर हुनसक्छ।

विश्वको आशा
बेलायतका चर्चित प्रत्यारोपण शल्यचिकित्सक जोन वालवर्कका अनुसार ठूलो संख्यामा मानिसको जीवन बचाउनका लागि सुँगुरको मुटु मानव मुटुजस्तो हुनु जरुरी छैन। अझै पनि कैयौ मानिसहरु प्रत्यारोपणकै पखाईमा मृत्युको मुखमा पुग्छन्।

प्राध्यापक वालवर्क जेनोट्रान्स्प्लान्टेशनको क्षेत्रमा काम गर्ने सुरुवाती मानिसमध्ये एक हुन्। उनले विश्वमै पहिलोपटक मुटु, फोक्सो र कलेजोको एकसाथ प्रत्यारोपण गरेका थिए। उनी भन्छन्, ‘एक सय मानिसलाई मुटुका साथ जिउँदो रहने ८५ प्रतिशत मौका दिनुभन्दा एक हजार मानिसलाई योसँग जिउँदो रहन ७० प्रतिशत मौका दिनु राम्रो हुन्छ।

जेनो ट्रान्सप्लान्टेशनलाई प्रत्यारोपण चिकित्सामा सधैं एक आगामी ठूलो कदमका रुपमा हेरिएको छ। कारण यसमा एक पछि अर्को उल्लेखनीय अपरेशन भएका छन्। तर अबका दिनमा हुने थप अनुसन्धानले बताउँनेछ, यसले यथार्थ रुप लिने छ कि छैन?

बिबिसीबाट



Leave a Reply

Your email address will not be published.