देशभर ६५ संक्रमित थपिए, काठमाडौं उपत्यकामा २७ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ६५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ७ हजार ९ सय ४७ जनाको नमुना परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो।

यसमध्ये काठमाडौंमा २४ जना र ललितपुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ। सो अवधिमा कसैको पनि मृत्यु भएको छैन भने हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय १७ जना छ। जसमध्ये ४ हजार ८ सय १९ जना होम आइसोलेसनमा र ९८ जना संस्थागत आइसोलेसनमा छन्।

नेपालमा हाल संक्रमणदर ०.९ प्रतिशत छ।



Leave a Reply

Your email address will not be published.