स्वास्थ्य मन्त्रालयले भन्यो–दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता दिन सकिँदैन

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य मन्त्रालयले दरबन्दी यकिन गरेरमात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ।

मन्त्रालयले आज सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीको थप तलबभत्ताको व्यवस्था नगरिने स्पष्ट पारेको हो।

हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरुको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ।

दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरुले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्ता गर्ने गरेको र केही प्रदेश, स्थानीय तहहरुले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई थप तलबभत्ता माग गर्ने गरेपछि मन्त्रालयले यस्तो परिपत्र गरेको हो।



5 thoughts on “स्वास्थ्य मन्त्रालयले भन्यो–दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता दिन सकिँदैन

  1. दरबन्दी कहाँ कति छ भने के स्वास्थ्य मन्त्रालयलाई थाहा थिएन ? स्थानीय तह र मन्त्रालय दुबै आफ्नो कमजोरी लुकाएर यसरी स्वास्थ्यकर्मीलाई तलब लिनबाट बन्चित नगरौं

  2. यो कुरा समायोजन गर्ने बेला गर्नु पर्छ नि दुई तिरको सहमति भए पनि त्यो स्थानीय तह को दरबन्दी एकिन गरेर मात्र समायोजन गर्नु पर्यो नि
    यो सरासर स्वास्थ्य मन्त्रालय को गल्ती हो

  3. दरबन्दी खाली नै नभएको ठाऊमा स्वास्थ्य मन्त्रालयले सरूवा गरेर स्वास्थ्यकर्मी लाई अपठ्यारोमा पार्नु हुदैन

  4. बेलाबेलामा कर्मचारी लाइ दुःख दिने मन्त्रालय भनेको स्वास्थ्य मन्त्रालय हो। पहिले सरुवा गर्नै पछि तलब रोकिने

Leave a Reply

Your email address will not be published.