बिपीका जुनियर रेजिडेन्टको गुनासो–आर्थिक वर्ष सकिनै लाग्दा पनि निर्वाह भत्ता पाइएन

काठमाडौं–बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले आर्थिक वर्ष सकिनै लाग्दा पनि निर्वाहभत्ता नपाएको भन्दै गुनासो गरेको छ।
प्रतिष्ठानका शैक्षिक डीनलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सरकारले नै प्रदान गर्ने निर्वाह भत्ता आर्थिक वर्ष सकिनै लाग्दा पनि उपलब्ध नगराइएको भन्दै जुनियर रेजिडेन्टप्रति प्रतिष्ठानले चरम बेवास्ता गरेको उल्लेख गरेका छन्।
उनीहरुले गत आर्थिक वर्षबाट बढेको जुनियर रेसिडेन्टको निर्वाहभत्ता साउनदेखिकै एक मुष्ट रुपमा तलबसँगै भुक्तानी दिन, होस्टलमा पानीको नियमित आपूर्तिगर्न, नयाँ भर्ना कार्यक्रममा होस्टल शुल्क तिनुनपर्ने व्यवस्था मिलाउन माग गरेका छन्।
अध्यक्ष डा पदम नेपाली र सचिव राकेश वर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आफ्ना समस्यालाई तत्काल समाधान गरी आफूहरुको धैर्यतालाई कामै राख्न भनिएको छ ।