पश्चिमा मिडियाको दाबी–पुटिन क्यान्सर, पार्किन्सन र डिमेन्सियाबाट पीडित छन्

हेल्थपोस्ट नेपाल

काठमाडौैं–रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मस्तिष्कसम्बन्धी विकारको समस्याबाट पीडित भइरहेको पश्चिमा मिडियाहरुले दाबी गरेका छन्।

क्यान्सर उपचारका लागि प्रयोग गरिने स्टेरोइडका कारण उत्पन्न हुने आक्रामक व्यवहार (रोयड रेज), पार्किन्सन रोग र डिमेन्सियाका कारण पुटिनमा यस्तो समस्या देखिइरहेको गप्तचर स्रोतलाई उद्धृत गर्दै उनीहरुले दाबी गरेका हुन्।

अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत र अमेरिकाको संयुक्त गुप्तचर गठबन्धनका वरिष्ठ अधिकारीहरुले पुटिनले युक्रेनमाथि आक्रमण गर्नुमा मनोवैज्ञानिक कारण रहेको विश्वास गरेका हुन्।
गुप्तचर स्रोतहरुले ६९ वर्षीय पुटिनमा अस्वाभाविक खालको व्यवहारमा वृद्धि भएको, हालै सार्वजनिक भिडियोमा फुलेको अनुहारमा देखिएको र आफूसँग भेट्न आउनेलाई टाढै राख्ने व्यवहार देखाइरहेको दाबी गरेका छन्।

यस्तै, ५ वर्षयता उनको निर्णयक्षमतामा देखिने गरी परिवर्तन भइरहेको बताइएको छ।

युक्रेनमा सृङखलावद्ध रुपमा भइरहेको असफलतामा गुप्तचर संयन्त्र असफल भएको आरोप लगाउँदै पुटिनले गुप्तचर एफएसबीको विदेश प्रमुख सेर्गेई बेसादा, उनका उपप्रमुख एनाटोली बोल्युखलाई नजरबन्दमा राखेको पनि बताइएको छ।

गुप्तचर अधिकारीहरुले बेलायतमा वरिष्ठ राजनीतिज्ञलाई दिएको जानकारीअनुसार केही शारीरिक अवस्थाका कारण पुटिन मानसिक समस्याबाट पनि गुज्रिइरहेका छन्।

डेली मेलले अगाडि भनेको छ, ‘पुटिन पार्किन्सन रोग वा डिमेन्सियाको अधिक सामान्य अवस्थाजस्ता दिमागी अवस्थाबाट पीडित छन् अथवा क्यान्सरका लागि लिइरहेको उपचारले उनको दिमागी सन्तुलनलाई प्रभाव पारिरहेको छ।’

उनले लामो समयदेखि प्रयोग गरिरहेको स्टेरोइडका कारण उत्पन्न ‘रोयड रेज’ (आक्रामक व्यवहार) ले मानसिक अवस्था बिग्रिरहेको उनीहरुको दाबी छ। मुड र व्यवहार परिवर्तनलाई स्टेरोइडको साइड इफेक्ट्समा लिइने गरिन्छ।

आफ्ना पाहुनाबाट पनि शारीरिक रुपमा दूरी राख्नुले उनको डरलाई संकेत गरिरहेको र अन्य खालका गम्भीर स्वास्थ्य अवस्थाले मृत्युको खतरा वृद्धि हुने डेलीमेलले उल्लेख गरेको छ। गत महिना पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोलाई भेट्दा १३ फिटको टेबलमा दुई नेता दुई कुनामा बसेको तस्बिर सार्वजनिक भएको थियो।

एक फ्रेन्च अधिकारीले २ वर्षअघि भेट्दा र अहिले भेट्दा पुटिनमा निकै परिवर्तन आएको पाइएको बताएका छन्।

 



Leave a Reply

Your email address will not be published.