७३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा दैनिक कोरोना संक्रमण २ अंकमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनु्सार पछिल्लो २४ घण्टामा ५ हजार ६२ जनाको नमुना परीक्षण गरिएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा १ सय ९२ जना निको भएका छन् भने मृत्यु शून्य रहेको छ। २४ घण्टामा १ लाख १ हजार ३ सय ४ जनालाई खोप लगाइएको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५० रहेको छ।



Leave a Reply

Your email address will not be published.