मारियुपोलको दर्दनाक अवस्था : रुसको लगातार आक्रमण, बाँचेकाहरुसँग छैन खाना र पानी

हेल्थपोस्ट नेपाल

काठमाडौं – युक्रेन सरकारले रुसको लगातार आक्रमणका कारण दक्षिणी सहर मारियुपोलबाट नागरिकहरु सुरक्षित रूपमा बाहिर निस्कन नसकेको जनाएको छ। यहाँको अवस्था बिग्रँदै गएको र जनता बाहिर निस्कन सक्दो प्रयास गरिरहेका सरकारको भनाइ छ।

युक्रेनी अधिकारीहरूले मारियुपोलमा हालसम्म १ हजार ५०० व्यक्तिको मृत्यु भइसकेको र बाँचेकाहरूसँग पनि खाना र पानी नभएको बताएका छन्। यस्तै उक्त सहरको बिजुली पनि काटिएको छ। उनीहरु डरका बीच चिसो रात काटिरहेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले सहरमा मानिसहरूलाई बन्धक बनाएको र उनीहरूलाई मानवीय सहायता पुग्न नदिएको आरोप लगाएका छन्। हालैका दिनहरूमा लगातार रुसी आक्रमणका कारण मुख्य चार सहरबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न कठिन भएको उनले बताए।



Leave a Reply

Your email address will not be published.