नेपालमा कोरोनाको अवस्थाः अझै ५ हजारभन्दा बढी सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा ८५४ जना

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा दैनिक कोरोना संक्रमितको संख्या घट्ने क्रम जारी रहे पनि नेपालभर अझै ५ हजारभन्दा बढी सक्रिय संक्रमितहरु रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा अझै पनि ५ हजार २ सय १२ सक्रिय संक्रमितहरु रहेका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ८५४ सक्रिय संक्रमित रहेका छन्।

काठमाडौंमा ४४२, भक्तपुरमा ५३ र ललितपुरमा ३५९ सक्रिय संक्रमित रहेका छन्। जिल्लागत हिसाबले अहिले २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा धनुषा, ललितपुर, काठमाडौं, चितवन, कास्की, बाँके, रुपन्देही र कैलालीमात्र रहेका छन्।

पछिल्लो २४ घण्टामा ७७ संक्रमित थपिएका छन्। ७ हजार ९ सय ८१ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यो अवधिमा १८९ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ। बिहीबार १ लाख २६ हजार १ सय ९६ जनालाई खोप लगाइएको छ।

नेपालमा हालसम्म संक्रमितको संख्या पिसीआर परीक्षणतर्फ ९ लाख ७७ हजार ८ सय ४८ र एन्टिजेनतर्फ १ लाख ३९ हजार ८ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ भने ११ हजार ९ सय ५० जनाको मृत्यु भइसकेको छ।
यस्तै, हालसम्म ३ करोड ८५ लाख ४७ हजार ७ सय ४९ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.