यी हुन् औषधि व्यवस्था विभागबाट निलम्बित १४ औषधि पसल [सूचीसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार निलम्बनको कारबाही गरिएको जनाएको हो। ती पसललाई ७ दिनदेखि २ महिनासम्मको निलम्बन गरिएको छ।

निलम्बनमा पर्नेमा काभ्रे बनेपा ३ को सिटि फार्मेसी, काभ्रे बनेपा ३ कै आरोग्यता मेडिकल हल, सोही स्थानको सुविधा फार्मेसी, पनौती २ काभ्रेको उद्धव फार्मेसी, तनहुँको व्यास २ को लोकप्रिय मेडिकल हल, आबुखैरेनी ३ तनहुँको अन्जना फार्मेसी र व्यास २ तनहुँको समाधान फार्मेसी छन्।

यस्तै, व्यास २ तनहुँकै श्रेया फार्मेसी, सोही स्थानको तनहुँ डेन्टल केयर, गोरखा १० को ठाँटीपोखरी फार्मेसी, शहिद लखन गाउँपलिका ३ गोरखाको योगजीवी मेडिकल हल, अजिरकोट १ गोरखाको भिगोर फार्मेसी, गोरखा १० गोरखाको छेपेटार फार्मेसी र वेशीसहर ८ लमजुङको सुयोग फार्मेसी छन्।



Leave a Reply

Your email address will not be published.