५० भन्दा बढी विशेष चिकित्सकको सहभागितामा भोजपुरमा स्वास्थ्य शिविर

हेल्थपोस्ट नेपाल

काठमाडौं–भोजपुरमा शुक्रबारदेखि ५० भन्दा बढी विशेषज्ञ चिकित्सकले स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। राजधानीबाट गएका चिकित्सकहरुले अस्पतालभित्रैबाट र अस्पतालबाहिर विद्योदय स्कुलबाट सेवा दिएका हुन्।

दुई दिनसम्म चल्ने शिविरमा डा भगवान कोइराला, डा आनन्द श्रेष्ठ, डा रत्नमणि गजुरेल, डा भुपेन्द्रकुमार बस्नेत, डा बद्री रिजाल, डा प्रमोद जोशी, डा अनिलविक्रम कार्की, डा लोचन कार्की, डा प्रत्युस श्रेष्ठ, डा सन्जुबाबु श्रेष्ठ, डा मेनोन गोर्खाली, डा शिवजी पौडेल, डा प्रकाश बुढाथोकी, डा मनोज लाखेलगायतले सेवा दिइरहेका छन्।

शिविरमा पूर्व स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले निरीक्षण गरेका थिए। उनले भोजपुर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न ५० बेड क्षमतामा स्तरोन्नति गर्ने बताएका छन्। भोजपुर अस्पतालमा ५० बेडको पूर्वाधार बने पनि हाल १५ बेडमात्र सन्चालनमा छ।



Leave a Reply

Your email address will not be published.