पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो प्राज्ञिक, प्राविधिक तथा प्रशासन सेवातर्फका ३९ कर्मचारी (विवरणसहित)

काठमाडौं–पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक तथा प्रशासन सेवातर्फका विभिन्न रिक्त पदहरुमा खुल्ला पदपूर्तिका लागि आवेदन आव्हान गरेको छ। प्रतिष्ठानले आगामी चैत २४ गतेसम्मको मिति तोक्दै अनलाइन दरखास्त आव्हान गरेको हो।
प्रतिष्ठान सेवा आयोगले दन्त चिकित्सा, आँखा रोग, इन्टर्नल मेडिसिन, मनोचिकित्सा, शल्यचिकित्सा, हाडजोर्नी रोग, आकस्मिक तथा बहिरंग, बाल चिकित्सा, रेडियोलोजी, फरेन्सिक विभाग, विकृति विज्ञानलगायतका लागि सह प्राध्यापक तथा सहायक प्राध्यापक माग गरेको हो।
यस्तै, सिनियर स्टाफ नर्स, अटोमोबाइल इन्जिनियर र जुनियर प्रशासन अधिकृत पदका लागि पनि दरखास्त आव्हान गरिएको छ।