थप ११२ जनामा संक्रमण पुष्टि, अझै ५३४० सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ३ सय २८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ४ सय २९ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ४० रहेको छ। सोही अवधिमा १ लाख २९ हजार २ सय ८५ जनाले खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.