यी हुन् गण्डकी प्रदेश लोकसेवाको लिखित परीक्षामा पास हुने ७३० अहेव [सूचीसहित]
![यी हुन् गण्डकी प्रदेश लोकसेवाको लिखित परीक्षामा पास हुने ७३० अहेव [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/03/gandaki-scaled.jpg)
काठमाडौं–गण्डकी प्रदेश लोकसेवा आयोगले गत मंसिर २५ गते पोखरामा सञ्चालन गरेको स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह चौथो तह अहेव (प्राविधिक) को लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। खुला, महिला, आदिवासी जनजाति, मधेशी, दलित कोटाका लागि ३०१ जना माग भएकोमा उक्त परीक्षामा १५ हजार ५ सय ८० जना सहभागी भएका थिए।
खुलातर्फ १७२ जना माग भएकोमा अन्तर्वार्ताका लागि २७१ जनाको नाम प्रकाशित गरिएको छ। यस्तै, महिलामा ५६ जनाको माग भएकोमा ११४, आदिवासी जनजातिमा ३६ जनामा ८९, मधेशीमा २४ जना माग भएकोमा २११ र दलितमा १३ जना माग भएकोमा ४५ जना अन्तर्वार्ताका लागि छनोट भएका छन्।
आयोगले लिखितमा उत्तीर्ण उम्मेदवारहरुको अन्तर्वार्ता आगामी चैत १३ देखि २३ गतेसम्म हुने जनाएको छ। अन्तर्वार्ता आयोगको पोखरा कार्यालयमा हुनेछ ।
अन्तर्वार्ताका लागि नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, व्यावसायिक परिषद् दर्ता प्रमाणपत्रसहित नक्क्कल २–२ प्रति, हालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति, दरखास्त फारामको पहिलो पाना २ प्रति र तेस्रो पाना १ प्रति भरी तोकिएको दिन प्रवेशपत्रसहित १ घण्टाअगावै उपस्थित हुन सूचित गरेको छ।