के छ चिकित्सक संघले प्रधानमन्त्रीलाई बुझाएको १० बुँदे मागमा?

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल चिकित्सक संघले चिकित्सकहरुको पारिश्रमिकलाई वैज्ञानिक तवरले समायोजन गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको छ।

संघले विभिन्न १० बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो।

कोरोना महामारीको समयमा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका उदाहरणीय रहेको बताइए पनि राज्यका तर्फबाट अभिभावकीय भूमिका कमजोर हुँदा युवा चिकित्सक विदेश पलायन हुने गरेको संघले जनाएको छ। यसबाट स्वास्थ्य क्षेत्रलाई ठूलो क्षति भएको संघको ठहर छ। चिकित्सक पलायन रोक्न जनसंख्याको अनुपातमा सरकारी दरबन्दी थप गर्न संघको माग छ।

यस्तै चिकित्सकहरुको सेवा सुविधा तथा स्तरवृद्धिलगायतका माग पनि संघले अघि सारेको छ। चिकित्सकलाई संघअन्तर्गत राखेर स्थानीय तथा प्रदेश तहमा परिचालन गर्न संघले माग राखेको छ।



Leave a Reply

Your email address will not be published.