युक्रेनी प्रसुती तथा बालअस्पतालमा रुसी हमलाको कारुणिक दृष्य [तस्बिरहरु]
![युक्रेनी प्रसुती तथा बालअस्पतालमा रुसी हमलाको कारुणिक दृष्य [तस्बिरहरु]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/03/ukraine-28.jpg)
काठमाडौं–रुसले युक्रेनको मारिओपोलस्थित एउटा बाल अस्पतालमा आक्रमण गरेर ध्वस्त पारेको छ। युक्रेनका अधिकारीहरूले रुसी फौजहरूले बाल अस्पतालमा कैयौं बम खसालेको बताएका छन्।
हमलाका कारण अस्पतालमा निकै ठूलो क्षति भएको छ भने कम्तीमा १७ जना घाइते भएका छन्। अधिकारीहरूले हताहत हुने मानिसको स्पष्ट सङ्ख्या अझै थाहा नभएको बताएका छन्।
एक युक्रेनी सैन्य अधिकारीले घाइतेहरूलाई नजिकैको अर्को अस्पताल सारिएको बताए।