सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार मृतकको पहिचान भने भएको छैन। दुर्घटनामा पाँचजनाको जीवितै उद्धार गरिएको छ।

घाइतेको उद्धार जारी रहेको र तीनजनाको अवस्था गम्भीर रहेकाले हेलिकोप्टर मगाइएको उनले बताए।

स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए। बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ। दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए। क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।



Leave a Reply

Your email address will not be published.