१० हजारको परीक्षण गर्दा २२४ मा संक्रमण पुष्टि

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा २२४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने २ सय ५१ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ९२ रहेको छ। यो अवधिमा ९६ हजार ८९ जनामा खोप लगाइएको छ।