योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा चाहियो डाक्टर, नर्ससहित २० कर्मचारी

काठमाडौं–योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयले डाक्टर, नर्ससहित विभिन्न पदमा दरखास्तका लागि आह्वान गरेको छ।
चिकित्सालयले विभिन्न पदमा गरि २० कर्मचारी माग गरेको हो। विशेषज्ञ चिकित्सकमा १ जना, पुरुष फिजियोथेरापिष्टमा २ जना, पोषणविदमा १ जना, योग थेरापिष्टमा १ जना, अक्वुपञ्चर सहायकमा १ जना र परिचारिका नर्समा २ जना मा गरिएको छ। यस्तै, एक प्रशासन सहायक, एक लेखापाल, एक भण्डार सहायक, प्राकृतिक उपचारकमा पुरुष महिला ३÷३ जना, भान्सेमा २ जना र मालीमा १ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
विशेषज्ञ चिकित्सक बाहेकका पदहरुमा १८ बर्ष पुरा भई ४० बर्ष नपुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। आवेदन दिँदा नागरिकताको प्रमाण–पत्र शैक्षिक योगेताको प्रमाण–पत्र, बायोडाटा र कार्यानुभव प्रमाणपत्रको प्रतिलिपि पेस गर्नु पर्ने हुन्छ। कर्मचारी छनोट गर्दा लिखित, प्रयोगात्मक, अन्तरवार्तामार्फत् कर्मचारी छनोट गरिने चिकित्सालयले बताएको छ।